उपचुनावका लागि नामावलीसम्बन्धी कार्यक्रम असोज १ देखि

 भदौ २५, २०७६ बुधबार १०:३०:३१ | रासस
unn.prixa.net

काठमाण्डाै – आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपचुनावका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपचुनाव हुने ३७ जिल्लाका १५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुनेछ ।

निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द/त्याग गरेका मतदाताको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्नु आयोगले सबैमा अनुरोध गरिएको छ ।

मुलुकका ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावली विवरण तयार गरी आद्यावधिक कार्यक्रम (दाबी विरोध) प्रयोजनका लागि सम्बन्धित जिल्लामा पठाइ सकिएकोे आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो । नाम दर्ता बिहान १० देखि ५ बजेसम्म रहने र विदाको दिनमा पनि सञ्चालन हुनेछ ।

मतदाता नामावली प्रकाशन असोज १ गते, २ गते नाम सच्याउने, ७ गते सच्याएको नाम छानबिन गरी अभिलेखमा अद्यावधिक गर्ने, ८ गते सच्याएको नाम सूचना पार्टीमा टाँस्ने र नामावली प्रकाशित गर्ने तथा १० गते अद्यावधिक गरिएको अन्तिम नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया