सुन्धारादेखि दरबारमार्गसम्म वृक्षारोपण सुरु

 भदौ २७, २०७६ शुक्रबार ७:४५:७ | रासस
unn.prixa.net

काठमाण्डाै - सुन्धारादेखि दरबारमार्गसम्म वृक्षारोपण सुरु गरिएको छ ।

वन तथा वातावरण विभाग, काठमाण्डौ महानगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा थालिएको वृक्षारोपणको बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नुभयो । 

प्रमुख शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढ्ने बताउँदै सार्वजनिक जग्गामा हरियाली उद्यान निर्माण गर्नेलगायत काममा महानगर निरन्तर लाग्ने बताउनुभयो । उहाँले यस्तो अभियान महानगरका ३२ वटै वडामा केन्द्रित रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायत स्थानमा पनि वृक्षारोपण गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो । 

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र महानगरपालिकाका बीचमा शहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

काठमाण्डौ वातावरण व्यवस्थापन विभागका प्रमुख हरि श्रेष्ठले आफूहरू शहर सफा राख्ने अभियानमा निरन्तर लागि परेको बताउनुभयो । त्यस अवसरमा सडकको दुवैतर्फ विभिन्न प्रजातिका १६५ बिरुवा रोपिएका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया