च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुट्नुभएका पर्यटन मन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टाअघि दूरी मापन गर्ने उपकरण (डीएमई) तथा ‘भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज’ (भीओआर) मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको थियाे । त्याे प्राविधिक समस्याका कारण विमानस्थलमा करीब दुई घण्टासम्म जहाज अवतरण गर्न सकेका थिएनन् । मर्मतपछि अहिले नियमितरुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
विमानस्थलका अनुसार भीओआर र डीएमई उपकरण आज बिहान १०ः४८ मा बिग्रिएको थियो । झण्डै डेढ घण्टाको मर्मतपछि सेवा पुनःसञ्चालन गरिएको थियो । त्यस समयमा विभिन्न गन्तव्यबाट आएका सात अन्तर्राष्ट्रिय जहाज अवतरणको पर्खाइमा आकाशमा होल्ड भएका थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ नेपालका तीनसहित २८ वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर एक सय अन्तर्राष्ट्रियसहित चार सय उडान भर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।