साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डौ – चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन पद्धति र त्यहाँको विकास निर्माण शैलीबारेको अनुभवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले निकै अभिरुचीपूर्वक सुनेका छन् । सत्तारूढ नेकपाको केन्द्रीय स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा सम्पन्न दुईदिने ‘विचारधारात्मक छलफल’ कार्यक्रममा दुई पार्टीको वैचारिक आदानप्रदानमा सम्पन्न र शक्तिशाली मुलुक चीनबाट सिक्न सकिने पक्षहरूबारे उनीहरुले चासो दिएका हुन् ।
प्रशिक्षणको दोस्रो दिन मंगलबार चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चार प्रस्तुति रहेका थिए । चिनियाँ केन्द्रीय पार्टी स्कूलका तर्फबाट चाओ ली एनले मध्यमस्तरीय सहज समाजको निर्माण, पार्टीका सङ्गठन विभागका तर्फबाट सी नान पेलगानले पार्टी अनुशासनको सुदृढ कार्यान्वयन, पार्टी स्कूलका तर्फबाट क्विन ग्याङले सुधार कार्यलाई व्यापक बनाउने र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्भ कमिशनका तर्फबाट शी यू लङले ‘एक क्षेत्र : एक मार्ग’ योजना निर्माणको संयुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्बन्धमा विचारोत्तेजक प्रस्तुत गर्नुभएको थियो ।
संविधान जारीपछि नेपालमा स्थिर सरकार गठन भई कम्युनिष्ट पार्टीको नेतृत्वमा विकास र समृद्धिको यात्रा आरम्भ भएका बेला छिमेकी र विकसित मुलुक चीनका ती नेताहरूका अनुभवले आफूहरूलाई उत्साहित तुल्याएको महसुश सहभागीहरूले गरेका छन् । प्रस्तुतिपछि सहभागीले समूह विभाजन गरी छलफल र प्रश्नोत्तरमा भाग लिएका थिए ।
दुई दिवसीय कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करीब ३०० र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको नेकपामा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
चीनका राष्ट्रपति एवं त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङ् विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच यस प्रकारको विचाराधारात्मक छलफल नेपालमा पहिलो पटक आयोजना भएको हो । छलफलमा भाग लिन चीनबाट कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओको नेतृत्वमा १४ सदस्यीय टोली अहिले नेपालमा छ ।
प्रशिक्षणको उद्घाटन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गर्नुभएको थियो । दुई कम्युनिष्ट पार्टीबीच आज प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा छ बुँदे भाइचारा सम्बन्धसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उच्चस्तरीय र कार्यकर्ताबीचमा भ्रमणको आदानप्रदान, विचारहरूको आदानप्रदान, प्रशिक्षणलाई थप तीव्रता र विकासका ढाँचाहरूको अनुभव आदानप्रदान गर्नेलगायत छन् । यसले आपसी सम्बन्धलाई थप उचाइमा लाने नेकपाका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले बताउनुभयो ।
नेपालमा चिनियाँ राष्ट्रपति जिन पिङको चाँडै भ्रमण हुने तयारी भइरहेका बेला यस प्रकारको विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव परेको तथा यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको थापाले बताउनुभयो । ‘यसले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ’, उहाँले भन्नुभयो ।
अहिले नेपाल भ्रमणमा रहनुभएका चिनियाँ नेता ताओले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग अलगअलग भेटवार्ता गरी चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारीलगायतका विषयमा छलफल गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।