च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भक्तपुर – सरकारले दिएको दशैँको बिदा सकिए पनि बिहीबार दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान भएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमासमेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान भएका थिए । दशैँ बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयहरूमा ४० प्रतिशत कर्मचारी मात्रै हाजिर भएको पाइएको छ भने सेवाग्राही फाट्टफुट्ट मात्रै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कर्मचारी अत्यन्त न्यून उपस्थिति भए र सेवाग्राही पनि कम आउँदा कार्यालय दिनभरी नै सुनसान देखिएको थियो । यातायात कार्यालय जगातीमा भने केही सेवाग्राही आए पनि आएका सेवाग्राहीको समयमै काम सकिएको र अन्य सेवाग्राही नआएको भन्दै कार्यालय समय भन्दा दुई घण्टा अगावै कार्यालय बन्द भएको थियो ।
आन्तरिक राजश्व, पशु, स्वास्थ्य, डिभिजन सडक, खानेपानी, घरेलु, शिक्षा लगायतका अधिकांश कार्यालयमा सेवाग्राही नआएको र कर्मचारी पनि न्यून उपस्थिति भएपछि कार्यालय दिनभरी नै सुनसान देखिन्थे । सेवाग्राही नआएपछि र कर्मचारीको उपस्थिति पनि कम भएपछि अधिकांश सरकारी कार्यालय आज ३ बजे नै बन्द भएका थिए ।
आफूले पाउने अन्य बिदा कटाएर कर्मचारीले दशैँमा बिदा थप गरेर जाने भएकाले पनि कर्मचारीको उपस्थिति न्यून भएको जिल्लाका अधिकांश सरकारी कार्यालय भने ३ बजे नै बन्द भएका थिए । खुलेका केही कार्यालयमा पनि कार्यालय सहायक मात्रै थिए । धेरैजसो कार्यालयमा कार्यालय प्रमुख समेत नआएपछि कतिपय आएका कर्मचारी पनि हाजिर गर्दै निस्किएका थिए । कार्यालयमा कर्मचारी नआउँदा यसको अनुगमन भने जिल्लाका कुनै पनि कार्यालयमा भएन । जिल्लाका नगरपालिकामा समेत कर्मचारी र सेवाग्राही कम रहेको पाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।