चिनियाँ राष्ट्रपति सीको स्वागतमा कर्मचारी

 असोज २५, २०७६ शनिबार १४:५७:५ | रासस
unn.prixa.net

काठमाण्डाै - चीनका राष्ट्रपति सी जिनपिङको स्वागत राष्ट्रसेवक कर्मचारीले पनि गर्ने भएका छन् ।

दिउँसो काठमाण्डौमा राष्ट्रपति सीको आगमन भएसँगै कर्मचारीले विभिन्न ठाउँमा स्वागत गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो । 

उहाँले अतिविशिष्ट व्यक्तिको आगमनमा कर्मचारीले सधैँ स्वागत गर्ने बताउनुभयो । निजामति, विभिन्न संस्थान, सुरक्षाकर्मीलेसमेत सीको स्वागत गर्नेछन् । राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटेलमा पुग्नुहुनेछ ।

त्यहाँ जाने क्रममा उहाँलाई सडकमा उभिएर स्वागत गरिनेछ । 

यसैगरी त्यस रुटमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीको फोटो राखेर स्वागत गेट बनाइएको छ । सीको स्वागतका लागि विमानस्थल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथलीलगायतका ठाउँमा फूल र गमला राखिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया