चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न सडकमा भव्य तयारी, दायाँबायाँ सुरक्षाकर्मी तैनाथ

 असोज २५, २०७६ शनिबार १६:८:५७ | रासस
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उहाँ सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । 

नेपाल सरकार, सुरक्षा निकाय, काठमाण्डौ महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार तयारीलाई अन्तिम रुप दिएका हुन् । 

सडकको दायाँबायाँ सुरक्षाकर्मी तैनाथ गरिनुका साथै दुवै देशको झण्डा लिएर राष्ट्रसेवक कर्मचारी, युवा, विद्यार्थीलगायत सर्वसाधारण चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि प्रतिक्षारत छन् । उनीहरुले सीको सवारी मार्गमा ‘कर्तल’ ध्वनिका साथ स्वागत गर्नेछन् । 

धुलो हटाउन सडकमा पानी र ब्रुमरले सरसफाइ गरिएकोे छ । राष्ट्रपति सी त्रिभुवन विमानस्थलदेखि होटेल सोल्टीमा  ‘कारगेट’ बाट पाल्नुहुने भएकाले ठाउँठाउँमा स्वागत ब्यानर र विभिन्न आकर्षक तस्बिर सजाइएको छ ।

यस्तै सीको स्वागतका लागि सडकमा विभिन्न भेषभुषामा सजिएका र विभिन्न बाजासहितका जनसमुदाय उपस्थित छन् भने राष्ट्रसेवक कर्मचारीसहित सर्वसाधारण स्वागतका लागि सडकका दुवै किनारमा उपस्थित भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणमा आउन लाग्नुभएको हो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया