कुलेखानी तेस्रोबाट विद्युत उत्पादन सुरु

 असोज २७, २०७६ सोमबार १९:५४:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका-१, सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले साेमबारदेखि विद्युत उत्पादन परीक्षण सुरु गरेको छ ।

आयोजनाबाट १४ मेगावाट विद्युत उत्पादन गरी काठमाण्डौस्थित केन्द्रीय ग्रिडमा जोडिएको आयोजनाले जनाएको छ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणबीच संयुक्त रुपमा चार अर्ब ६३ करोड रुपैयाँको अनुदानमा झण्डै १२ वर्षअघि त्यस आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो ।

त्यस आयोजनाबाट उत्पादित विद्युत् अब नियमित रुपमा उत्पादन भइरहने आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाको विद्युतलाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो अयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताउनुभयो ।

उहाँका अनुसार, आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर झण्डै १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो । कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत् उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले बताउनुभयो ।

भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका– १ सानुटारस्थित विद्युत् गृहसम्ममा झण्डै चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी ल्याउने गरिएको आयोजनाले जनाएको छ ।

केही हप्ताअघिदेखि सानुटारस्थित विद्युत् गृहमा चिनियाँ प्राविधिकले आवश्यक उपकरण जडान गरेपछि विद्युत् उत्पादन गर्न सफल भएको आयोजनाका प्राविधिकको भनाइ छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया