'थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज' अब नेपालमै

 असोज २७, २०७६ सोमबार २०:२५:१५ | रासस
unn.prixa.net

ललितपुर -  मानव शरीरलाई घात गर्ने तत्व (एन्टिबडी) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया अब नेपालमै सम्भव भएको छ ।

नेपाल मेडिसिटी अस्पतालले मिर्गौला, मुटु र फोक्सोमा समस्या देखिएका एक ३३ वर्षीय पुरुष बिरामीको सफल उपचार गरेपछि यो उपचार प्रक्रिया सम्भव देखिएको हो ।

रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करीब दुई घण्टा लागेको थियो । मिर्गौला, छाती, मस्तिष्क, नशा, फोक्सो, सेप्सिस, इन्डोक्राइनका बिरामी केही हदसम्म अब यो आधुनिक पद्धतिबाट लाभान्वित हुनेछन् ।

अस्पतालका सघन उपचारकक्ष विभाग प्रमुख डाक्टर दिप्तेश अर्यालका अनुसार नवीनतम उपकरणको सहायताबाट मानव शरीरलाई नचाहिने रगतलाई छानेर बाहिर निकालिनेछ । त्यसबाट बिरामीले छिटो र सुलभ उपचार सेवा प्राप्त गर्नेछन् ।

यो प्रविधिको प्रयोगबाट उपचार गरिँदा औषधिको तुलनामा निकै कम खर्चिलो र बिरामीका लागि निकै लाभदायक हुने उहाँ बताउनुहुन्छ । उक्त अस्पतालमा सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज कम्तीमा तीनदेखि पाँचपटकसम्म गर्नुपर्ने हुन्छ । औषधिको प्रयोगभन्दा यो प्रविधिबाट उपचार गराउँदा बिरामीलाई लाग्दै आएको आर्थिक भारमा आधा कम हुने पनि डाक्टर अर्यालले जानकारी दिनुभयो ।

अस्पतालका ब्लड बैंक इञ्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया