च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - नेपाली आरोही निर्मल पुर्जाले ७ महिनामा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् ।
ब्रिटिस सेनामा काम गरिसकेका निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपल आरोहणसहित यो कीर्तिमान राखेका हुन् । यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा थियो । उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।
— Nirmal Purja MBE (@nimsdai) October 29, 2019
सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर(एमबीई) अवार्ड प्रदान गरेकी थिइन् । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल रहेका छन् । उनले गएको अप्रिलबाट आफ्नो यात्रा सुरु गरेका थिए ।
गएको अप्रिल २३ तारिखमा उनले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । उनले गएको मेमा नै सगरमाथा आरोहण गरेका थिए । प्रोजेक्ट पोसिबल अभियानअन्तर्गत रहेर सगरमाथा आरोहण गरेका पुर्जाले खिचेको तस्बिरले विश्वको ध्यान तानेको थियो ।
उनले खिचेको 'सगरमाथामा आरोहीहरुको भिड' भएकाे तस्बिर निकै चर्चित भएको थियो । त्यही तस्बिरका आधारमा विश्वका धेरै सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै समाचारसमेत लेखेका थिए । साथै उनले आरोहणकै क्रममा अरु ४ जना आरोहीहरुको पनि उद्धार गरेका थिए ।
गएको सेप्टेम्बरमा नै उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल आरोहण गर्ने तयारीमा रहेको थियो । तर चीन सरकारले अनुमति नदिँदा केही समय पछाडि सरेको थियो ।
नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि अक्टोबर १५ मा पुर्जाले ८ हजार १३ मिटर उचाइ रहेको शीशापाङ्मा हिमाल आरोहणको अनुमति पाएका थिए ।
निर्मल पुर्जाले चढेका हिमाल र सफल आरोहणको मिति
अन्नपूर्ण, नेपाल, अप्रिल २३
धौलागिरी, नेपाल, मे १२
कञ्जनजङ्गा, नेपाल, मे १५
सगरमाथा, नेपाल, मे २०
लोत्से, नेपाल, मे २२
मकालु, नेपाल, मे २४
नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३
जी १, पाकिस्तान, जुलाई १५
जी २, पाकिस्तान, जुलाई १८
के २, पाकिस्तान, जुलाई २४
ब्रोड पिक, पाकिस्तान, जुलाई २६
चो यू, चीन, सेप्टेम्बर २३
मनास्लु, नेपाल, सेप्टेम्बर २७
शीशापाङ्मा, चीन, अक्टोबर २९
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Tmg Makan pd.
Oct. 29, 2019, 7:57 p.m.Congratulations & salute all the team members ! Country have to special honor to the team.