मुग्लिन-पाेखरा सडक चार लेन बनाउन एडीबीकाे साढे १९ कराेड ऋण सहायता

 कात्तिक १४, २०७६ बिहिबार १४:३२:४० | रासस
unn.prixa.net

काठमाण्डौ–एसियाली विकास बैंक (एडीबी) ले मुग्लिन-पोखरा राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।

अहिले रहेको दुई लेनको राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले पाँच अर्ब ९० करोड रुपैयाँ लगानी गर्नेछ । एडीबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले ऋण रकम स्वीकृत गरेको हो ।

भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको पोखरा–मुग्लिन राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सजिलो र ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

८१ किलोमिटर पोखरा-आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरेनी-मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडीबीका अनुसार आगामी पाँच वर्षभित्र राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया