पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो : संयम अपनाउन सबैमा आह्वान

 पुस २४, २०७६ बिहिबार १७:२७:५२ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ । 

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्नेगरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ ।

साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता रहेको समेत दोहोर्‍याएको छ । 

गएकाे डिसेम्बर ३ तारिखका दिन अमेरिकी हवाई आक्रमणमा ईरानी सैन्य प्रमुख कासिम सुलेमानी मारिएपछि ईरानले आक्रमणकाे बदला लिने बताएकाे थियाे । त्यही आक्रमणकाे बदलास्वरुप गएकाे बुधबार ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सैनिक अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको थियाे ।

त्यस आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएकाे दावी गरे पनि अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पले बुधबार राष्ट्रकाे नाममा सम्बाेधन गर्दै त्यसकाे खण्डन गरेका थिए ।

ईरान, इराक तथा अमेरिकालगायतका देश जाेडिएका र क्षेप्यास्त्र आक्रमण तथा प्रत्याक्रमण भएपछि खाडी देशहरुमा कामदारका रुपमा गएका र संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका रुपमा यी देशहरुमा मिसनमा गएका सैनिकहरुकाे सुरक्षाका सम्बन्धमा सरकारले चासाे देखाएकाे हाे ।

याे पनि पढ्नुहाेस्

खाडीको तनाव र नेपाली कामदारको सुरक्षाको चिन्ता

 

बुधबार नेपाली सेनाले विज्ञप्ति जारी गरी संयुक्त राष्ट्रसंघीय मिसनमा इराकमा तैनाथ सेनालाई सतर्क रहन आग्रह गरेकाे थियाे ।  

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया