गाडी दुर्घटना : काठमाण्डाै उपत्यकामा ६ महिनामा ९१ जनाले ज्यान गुमाए

 माघ १३, २०७६ सोमबार १३:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - गएको साउनदेखि पुस मसान्तसम्ममा काठमाण्डौ उपत्यकामा गाडी दुर्घटनामा परेर ९१ जनाको ज्यान गएको छ ।

यो ६ महिनाको अवधिमा काठमाण्डौमा ६ हजार ४ सय ३६ दुर्घटना हुँदा ९१ जनाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गएको साउनमा एक हजार ७० दुर्घटना हुँदा १६ जनाको ज्यान गएको थियो । यस्तै भदौमा १ हजार १ सय ३५ दुर्घटना हुँदा १२ जनाको असोजमा ९ सय ७६ दुर्घटना हुँदा १६ जनाको ज्यान गएको महाशाखाले जनाएको छ ।

कात्तिकमा १५ जनाको, मंसिरमा १७ जनाको र पुसमा १५ जनाको दुर्घटनामा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चालकको लापरवाही, यान्त्रिक गडबडी, सडकको अवस्था लगायत कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया