टिप्पर दुर्घटना अपडेट : पनाैतीकाे कर्फ्यु हट्याे

 चैत ४, २०७६ मंगलबार २०:५५:१२ | कपिल कोइराला
unn.prixa.net

काभ्रे  - पनाैतीमा प्रशासनले मंगलबार बिहान ९ बजे देखि लगाएको कर्फ्यु हटेकाे छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चाेकले एक विज्ञप्ति निकालेर मंगलबार साँझ ८ बजेदेखि कर्फ्यु हटाइएकाे जानकारी दिएकाे हाे ।

यसअघि प्रमुख जिल्लाअधिकारी श्रवणकुमार तिमल्सिनाले  वस्तुगत स्थिति विश्लेषण गरेर मात्रै कर्फ्यु हटाइने जानकारी दिनुभएकाे थियाे ।

 

मंगलबार दिउँसाे जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको छलफलमा मान्छे मारेपछि क्षतिपूर्ति लिएर चालकलाई उन्मुक्ति दिनेभन्दा पनि चालकलाई कडाभन्दा कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका थिए ।

छलफलकै क्रममा प्रशासनले पीडितको माग अनुसार चालकलाई कारबाही गर्ने र व्यवसायीले कानुन अनुसारको क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि आफन्तले शव भने बुझेका थिए।

अन्तिम अपडेट: बैशाख ६, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया