सनसिटी अपार्टमेन्टका २ सय ९८ जनाको र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

 बैशाख ३, २०७७ बुधबार १६:५८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा रहेकाको र्यापिड टेष्ट किट आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ ।

परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज पत्रकार सम्मेलनमार्फत सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ सय ९८ जनाको परीक्षण गरेको र उनीहरुको रिपोर्ट नेगेटिभ आएको बताएको हो । मंगलबार यही अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएपछि अन्यको पनि परीक्षण गरिएको हो ।

ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको  थियो । तर एक जनाको रिपोर्ट भने नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यस्तै, मन्त्रालयले कोरोना संक्रमित विरामीको पहिचान नखुलाउन पनि सञ्चार माध्यमलाई आग्रह गरेको छ  । विरामीको अनुमति विना पहिचान सार्वजनिक नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया