त्रिकोणात्मक सिरिज: टस जितेर नेपालले दियाे एमसीसीलार्इ ब्याटिङकाे निम्ताे

 साउन १३, २०७५ आइतबार २०:१३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिकोणात्मक सिरिज अन्तगर्त नेपाल र मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

वर्षातका कारण ६ ओभरमा खेल झारिएको छ ।

यसअघि आजै भएको पहिलो खेलमा नेदरल्याण्ड्सले एमसीसीलाई १२ रनले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको नेदरल्याण्डले एमसीसीलाई ७३ रनको लक्ष्य दिएको थियो ।

तर एमसीसीले ६ ओभरमा २ विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । बरुण चोर्पा र जोनाथन ट्रटले क्रमश नट आउट २७ र २१ रन बनाएका थिए ।

आजै नेपालले नेदरल्याण्ड्ससँग नेपाली समयअनुसार राति सवा १० बजेदेखि सुरु हुनेछ । यस खेललाई आईसीसीले अन्तर्राष्ट्रि टी–२० मान्यता दिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया