आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफूल तथा खाना खाने र छाता र छहारीको प्रयोग गर्न आग्रह गरेका छन् ।
जापानमा गत महिनादेखि महसस गरिएको उष्ण वायुका कारण शुक्रबारसम्म ११९ जनाको मृत्यु भएसकेको छ भने गर्मीका कारण विरामी परेका ४९ हजार व्यक्तिले अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।
तापक्रममा देखिएको अस्वभाविक वृद्धि अझै पनि कायमै रहेको छ । टोकियोदेखि उत्तरी क्षेत्रमा गर्मीका कारण बिरामी हुनेको सङ्ख्या बढ्ने क्रम जारी रहेपछि सरकारी अधिकारीले बुधबारदेखि जनतालाई तातो हावाबाट बच्न छाता वा छहारीको प्रयोग गर्न अनुरोध गर्दै सचेतनामूलक कार्यक्रमहरू नै सुरु गरेका छन् । प्राय छालालाई स्वच्छ राख्न जापानी महिलाहरूले अपनाउने उपायहरूलाई सवैले अवलम्बन गर्न आग्रहसहित सचेतनामूलक कार्यक्रमहरूलाई सार्वजनिकस्थल, रेडियो तथा टेलिभिजनबाट प्रचार गरिएको छ ।
साइतामा प्रान्तका सरकारी अधिकारी रयोजी कुरिहाराले एएफपीसँग भन्नुभयोे, ‘मैले छाता महिलाहरूका लागि बनेको साधन हो जस्तो सोच्ने गर्थेँ । मैले छाताको प्रयोग गर्दिनथेँ किनकि घमाइलो दिनमा पुरुषहरूले छाताको प्रयोग कमै गरेको देख्थेँ । तर मैले छाताको प्रयोग गर्नुपर्ने कुरालाई महशुस गरेको छु । मैले छातामूनिको वातावरणलाई निकै शितल पाएको छु ।’
यस्तै छाता तथा छहारी प्रयोगका लागि अभियानका साइतामा क्षेत्रका प्रमुख तोमोमी अन्जाईले भन्नुभयो, छाताको प्रयोगका लागि जनचेतनामूलक कार्यक्रमबाट ‘लू’बाट अस्वस्थ बन्ने वा जीवन गुमाउने खतरालाई कमी गर्ने उद्देश्यले यो कार्यक्रमको सुरुवात गरिएको हो ।
तातोबाट प्रभावित भएपनि महिलाहरूले प्रयोग गर्ने पहिरन वा छाताको प्रयोग गर्नु पुरुषहरूका लागि विशेष चासोको विषय बनेको छ ।
एक जना २३ बर्षीय विद्यार्थी शिजे कातोले भने, ‘मैले यसलाई प्रयोग गर्दिन किनकि यो नारीसुलभ सामग्री हो । मैले ह्याट (टोपी) वा घाममा प्रयोग गर्ने क्रिम (सनब्लक) प्रयोग गर्छु ।’
जापानमा अहिलेसम्मकै अत्यधिक तातोको महसुस गरिएपछि साइतामाको राजधानी कुमागायामा यस अभियानलाई सञ्चालन गरिएको हो । कुमागायामा गत हप्ता अहिलेसम्मकै सवैभन्दा बढी ४१.१ डिग्री सेल्सीयसको तातोपन महसुस गरिएको थियो । त्यही दिन टाकियोमा पनि पहिलो पटक ४० डिग्री सेल्सियस पुगेको थियो ।
जापानको मौसम हेर्ने निकायले मुलुकका धेरैजसो भूभागमा अगस्टभर नै ३५ डिग्री सेल्सियस वा योभन्दा बढी तातो मौसम रहने चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।