मुग्लिङ-नारायणगढ सडकखण्डमा एकतर्फी गाडी सञ्चालन

 साउन १६, २०७७ शुक्रबार ८:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नारायणगढ-मुग्लिङ सडकखण्डमा एकतर्फी मात्रै गाडी चलिरहेका छन् । 

गएराति इच्छाकामना गाउँपालिका-६ चोरखोलामा पहिरो खसेकाले एकतर्फी मात्रै गाडी चलेका मुग्लिङ प्रहरीले जनाएको छ । पहिरो खसेपछि केहीबेर सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । 

त्यसपछि मर्मत गरेर एकतर्फी रुपमा आलोपालो गरी सडकखण्ड सञ्चालनमा ल्याइएको हो । एकतर्फी मात्रै गाडी चल्दा यो सडकखण्डको चोरखोला आसपास गाडीको जाम भएकाे छ । यात्रुले केही समय पालो पर्खनुपर्ने अवस्था छ। 

यस्तै पहिरोका कारण भालुवाङ-प्युठान सडकखण्ड अवरुद्ध भएको छ । प्युठानको सरुमहारानी गाउँपालिका-४ खहरेखोलामा पहिरो खस्दा यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

अहिले यस सडकखण्डमा पहिरो पन्छाउने काम चलिरहेको प्रहरीले जनाएकाे छ । यस्तै पहिरो र बाढीका कारण यसअघि अवरुद्ध भएका केही सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया