प्रहरी हेडक्वार्टरका थप १८ जनामा काेराेना पुष्टि

 साउन १६, २०७७ शुक्रबार १४:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार थप १८ जनामा सङ्क्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार थप १८ जनालाई पुष्टि भएसँगै सङ्क्रमित प्रहरीको सङ्ख्या ७२ पुगेको छ ।

बिहीबार बिहान ४४ जना प्रहरीमा सङ्क्रमण देखिएकोमा बेलुका फेरि थप १० जनामा काेराेना पुष्टि भएको थियो । सङ्क्रमित ७२ जनाकै सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

नक्सालका अरु प्रहरीको पनि कन्ट्याक ट्रेसिङ भइरहेको प्रहरी प्रवक्ता कडायतले बताउनुभयो । उहाँका अनुसार कोरोनाको जोखिम बढ्दै गएकाले प्रहरीलाई सावधानी अपनाएर खटिन सर्कुलर जारी गरिएको छ ।

कोरोनाको महामारीमा प्रहरीको भूमिका अझै बढ्नै भएकाले सबैलाई सचेतता अपनाउन सर्कुलर जारी गरिएको कडायतले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया