युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा पक्राउ परेकाहरुमाथिकाे अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
नवलपरासी पूर्वबाट पक्राउ परेका तीन जना र काठमाण्डाैबाट पक्राउ परेका एक जनामाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डाैबाट पक्राउ परेका कालिगड (चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने) मनिष मल्लिकलाई भने तारेखमा छाडेर अनुसन्धान भइरहेको छ ।
नवलपरासी पूर्वमा पक्राउ परेका तीन भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखियालाई काठमाण्डाै ल्याइएकाे छ । गएकाे मङ्गलबार महानगरीय प्रहरी वृत्तको टोलीले जाँच गर्दा बा ६ च ५५१९ नम्बरको स्कर्पियोबाट उनीहरु झोला फालेर भागेका थिए । झोलाबाट प्रहरीले साढे १४ किलो चाँदी, आधा किलो सुन र दुई वटा पेस्तोल फेला पारेको थियो ।
घटनाबारे चौतर्फी विवाद आएपछि महानगरीय प्रहरी कार्यालयले छानबिन गर्न समितिसमेत गठन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।