शुक्रबार थपिए काेराेनाका २ सय २४ सङ्क्रमित

 साउन १६, २०७७ शुक्रबार १६:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय २४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १९ हजार सात सय ७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निकाे भएर घर फर्किनेसहित अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि निकाे भएका छन् । 

नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय सङ्क्रमित रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयाे । 

पछिल्लाे २४ घण्टामा १० हजार सात सय ६८ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ । याेसँगै अहिलेसम्म तीन लाख ७५ हजार चार सय १६ जनाको पीसीआर विधिबाट काेराेना परीक्षण भएको छ भने १२ हजार एक सय ११ जना क्वरेण्टीनमा छन् । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया