युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले आज पनि थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठकाअनुसार आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी पर्नेछ ।
तर लगातारको झरी भने कतै पनि नहुने उहाँले जानकारी दिनुभयो । पर्सिसम्म हिजोअस्तिकोभन्दा थोरै पानी परे पनि मंगलबार र बुधबार भने केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश ४ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना छ । मंगलबार र बुधबार विशेषगरी कैलाली, कन्चनपुर आसपासका जिल्लामा ठूलो पानी पर्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।