सरकारले आरडीटी परीक्षण राेक्याे

 साउन १८, २०७७ आइतबार १६:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आरडीटी परीक्षण रोकेको छ । गएको बुधबार सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश, पालिका र अस्पतालहरुलाई आग्रह गर्नुभयो । यस्तै आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

आरडीटी परीक्षण भरपर्दो नभएको भन्दै यसअघि जनसमुदायस्तरबाटै विरोध भइरहेको थियो । 'इनफ इज इनफ' अभियन्ताले पनि आरडीटी परीक्षण राक्नुपर्ने र पीसीआर परीक्षणलाई बढाउनु पर्ने भन्दै प्रदर्शन गर्दै आइरहेका छन् ।   

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया