नेपालमा पहिलाे पटक प्लाज्मा थेरापी विधिबाट काेराेना सङ्क्रमितकाे उपचार

 साउन १८, २०७७ आइतबार १७:६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना कोरोना सङ्क्रमितको उपचार गरिएको छ ।

विराटनगरका ६० वर्षीय सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डाक्टर सन्तकुमार दासले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित पुरुषको गएको बिहीबार प्लाज्मा थेरापी गरिएको थियो । यसअघि नेपालमा कोरोनाको गम्भीर बिरामी नदेखिएको भन्दै प्लाज्मा थेरापी गरिएको थिएन ।

गएको १० गते आईसीयूमा भर्ना भएका सङ्क्रमितको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी गरिएको थियो । अहिले उहाँ खतरामुक्त रहेका डाक्टर सन्तकुमार दासले बताउनुभयो । उहाँलाई केही दिन आइसोलेसनमा राख्ने डाक्टर दासले बताउनुभयो ।

कुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाइ रोगसँग लड्न सक्ने बनाउनु नै प्लाज्मा थेरापी हो । प्लामा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । प्लाज्माले शरीरलाई प्रोटिन पुर्‍याउने काम गर्छ ।

विश्वमा कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामी परेकाहरुलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिँदै आइएको छ । नेपालमा भने कोरोना सङ्क्रमितमा लक्षण नै नदेखिएकाले यो विधि प्रयोग गरिएको थिएन । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया