युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आइतबार ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार रौतहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ ।
देशभर आइतबार दुई सय ४६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६ सय ७२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमण मुक्त भइ पछिल्लो २४ घण्टामा एक सय ११ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म १४ हजार ६ सय तीन जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएका छन् भने मृत्यु हुनेमा शून्य दशमलव २८ प्रतिशत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rajesh Budhathoki
Aug. 2, 2020, 8:32 p.m.काठमाण्डौँ छिर्ने नाकाहरुमा कडाई गरेर परीक्षण गरिएको छैन । काठमाण्डौँमा पनि मास्क प्रयोग गर्नेहरुको संख्या घट्दो छ । चिया–पसलहरुमा मास्क नलगाई गफिनेहरु बग्रेल्ती देखिन्छन् । सवारी साधनहरुमा खुलेआम मास्क नलगाई यात्रीहरुलाई कोचाकोच गरेर हालिएको छ । कडाई कहीँ कतै गरिएको छैन । यहीअनुसारले चलिरहने हो भने काठमाण्डौको अवस्था विकराल हुने निश्चित छ । चेतना भया !