युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - नेपाल बार एसोसिएसनले अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिमा नलाग्न आग्रह गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जारी गर्नुभएको विज्ञप्तिमार्फत अदालतप्रतिको जनआस्था कमजोर नपार्न बारले आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, 'अदालत सधैँ जनआस्थामा टिकेको हुन्छ, नागरिकको अदालतप्रतिको आस्था टुट्न गएमा मौलिक हकको प्रचलन दुरुत्साहन हुने त छँदैछ, साथै लोकतान्त्रिक शासन व्यवस्थाप्रति नै अनास्था फैलिने र अन्ततः कानुनविहीनता र मत्स्य न्यायको स्थिति सिर्जना हुन जान्छ ।' न्यायपालिकाले स्वतन्त्रता, सक्षमता, निष्पक्षता तथा न्यायिक सद्विवेकका आधारमा कानुनबमोजिम न्याय सम्पादन गर्नुपर्नेमा कुनै विवाद हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
'बारको साउन १६ गते बसेको बैठकले देशभरका अदालतबाट विकृति, विसगङ्तिजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा यो विषयमा अध्ययन गरी सम्बन्धित निकायमा आवश्यक कार्यार्थ लेखी पठाउने निर्णय भएको छ', विज्ञप्तिमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।