देशका धेरै ठाउँमा झरी : १० जिल्लामा उच्च सावधानी अपनाउन आग्रह

 साउन १९, २०७७ सोमबार ७:५४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ । महाशाखाले १० जिल्लामा उच्च सावधानी अपनाउन समेत आग्रह गरेको छ । 

सिन्धुपाल्चोकको बलेफी जलाधार क्षेत्रमा ठूलो पानी परेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । सिन्धुपाल्चोकको धाप, गुमथाङ, बाह्रबिसे र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

मेलम्ची, इन्द्रावती, बलेफीका केही साना सहायक नदीमा आकस्मिक बाढी आउने सम्भावना छ । साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तै आज पाँचथर, इलाम, ओखलढुङ्गा, दोलखा, रसुवा, धादिङ, गोरखा, नवलपरासी, कपिलवस्तु र आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी परेका क्षेत्र र नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन  पनि महाशाखाले आग्रह गरेको छ ।

भोलिसम्म नै देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया