जापान जान ‘रि इन्ट्री’ लेटर लिनेको भिड

 साउन १९, २०७७ सोमबार १४:४१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा रहेकाे जापानी दूतावास अगाडि जापान जान ‘रि इन्ट्री’ लेटर लिनेको भिड लागेको छ । 

बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु फेरि जापान जानका लागि ‘रि इन्ट्री’ लेटर लिन लाइनमा लागेका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसकाे कारण सम्पूर्ण उडान बन्द भएका थिए । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यतै रोकिएका थिए । जापान सरकारले अगस्ट ५ बाट जापानमा नेपालीहरुको प्रवेश खुला गरेपछि ‘रि इन्ट्री’ लेटर लिन दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन् । 

जापानले नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका, रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउने छन् ।

दूतावासले रि इन्ट्री लेटर दिएपछि जापान उड्नुभन्दा ७२ घण्टा अगाडि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । उपत्यकासहित देशभरि सङ्क्रमणको जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेहरुले मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया