युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताउनुभयो ।
संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटनामध्ये आठ वटा बदलाको भावनाले घटेको बताउनुभयो । प्रेम सम्बन्धमा खटपट आएका कारण पाँच र अनुहार कुरुप बनाउने हिसाबले दुई वटा एसिड आक्रमणका घटना घटेको पाइएको उहाँले बताउनुभयो ।
महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थको सहज उपलब्धता नहुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरु बढी घट्ने गरेको उहाँले बताउनुभयो । सरकारले एसिड बिक्री वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने उहाँले बताउनुभयो ।
एसिड जस्ता रासायनिक पदार्थ आयात गर्ने उद्योग प्रतिष्ठानसम्बन्धी ऐन कानुन भए पनि बिक्री वितरणका लागि कुनै कानुन छैन । नेपालमा सबैभन्दा बढी ब्याट्री तथा इन्भर्टरमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ । इलेक्ट्रोनिक तथा सोलार इन्भर्टर उपलब्ध हुने ठाउँमा यो सुलभ रुपमा पाइन्छ ।
सरकारले एसिडको बिक्री वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानुनी कारबाही व्यवस्था गरे एसिड आक्रमणका घटनामा केही कमी आउन सक्छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा आठ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।