स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना सङ्क्रमण, डाक्टरको रिपोर्ट भने नेगेटिभ

 साउन १९, २०७७ सोमबार २०:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डाक्टरको श्रीमती, छोरा र ससुरालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

डाक्टरमा भने सङ्क्रमण नभएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । सहप्रवक्ता अधिकारीले केही सञ्चारमाध्यममा डाक्टरलाई नै सङ्क्रमण भएको हल्ला फैलिएकोले त्यसको पछि नलाग्न आग्रह गर्नु भएको छ । 

उहाँले भन्नुभयो, ‘केही दिन अघि उहाँ (डाक्टरसाब) वीरगञ्ज जानु भएको थियो, उहाँसहित परिवार अहिले काठमाण्डौ फर्किएको छ । परिवारका तीन सदस्यको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ तर उहाँको रिपोर्ट भने नेगेटिभ आएको छ ।’

डाक्टर केही दिनदेखि बिदामा रहेको र स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकाे पनि मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले उहाँ अझै पनि बिदामा नै रहेका जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया