सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
रसुवा – रसुवागढी नाका जोड्ने सडक अबको एक हप्ताभित्र एकतर्फी सञ्चालनमा आउने भएको छ ।
धुञ्चे–स्याफ्रुबेसी सडकखण्डको भार्खु डाँडामा कटान भएको सडक मर्मतको काम चलिरहेकाले अबको एकहप्ताभित्र सञ्चालनमा आउने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।
भार्खुडाँडामा ५० मिटर सडक कटान भएर १ मिटरमात्रै बाँकी छ । अहिले यहाँ पर्खाल बनाउने काम चलिरहेको छ । पर्खाल बनाएपछि भने दुइतर्फी रुपमा नै सञ्चालनमा आउने छ । यो सडकखण्ड साउन १८ गतेदेखि बन्द छ । रसुवाका अरु सडकखण्ड भने सञ्चालनमा छन् ।