सप्तरीमा काेराेनासँग मिल्दाेजुल्दाे लक्षण देखिएका ३ जनाकाे मृत्यु

 साउन २१, २०७७ बुधबार १५:४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ ।

राजविराजकाे छिन्नमस्ता अस्पतालमा उपचारकाे क्रममा दुई जनाको र  उपचारकाे लागि धरान लैजाँदै गर्दा एक जनाकाे बाटोमै मृत्यु भएको जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताउनुभयो ।

मलेसियाबाट आएर होम क्वरेण्टीनमा बसेका रुपनी गाउँपालिका ५ गढियाका पुरुष, राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचाररत डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ८० वर्षीय पुरुषको ज्यान गएको हो ।

उनीहरुको स्वाब सङ्कलन गरी पठाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो । 

अन्तिम अपडेट: साउन २३, २०७७

तपाईको प्रतिक्रिया