कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६३ पुग्यो

 साउन २१, २०७७ बुधबार १९:१९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाण्डौमा एक जना गरी पाँच जनाको काेराेनाबाट ज्यान गएकाे पुष्टि भएसँगै मृतककाे कुल सङ्ख्या ६३ पुगेको हो ।

विराटनगरको कोशी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको ज्यान गएको कोशी अस्पतालले जनाएको छ ।

पर्साको वीरगञ्ज–१५ भिश्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ वर्षीया युवतीको काेराेना सङ्क्रमणबाट ज्यान गएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गएको १६ गते अस्पताल भर्ना गरिएकी सर्लाही मलङ्गवाकी ६५ वर्षिया महिलाको ज्यान गएकाे सशस्त्र प्रहरी अस्पताल बलम्बु काठमाण्डौले जनाएको छ ।

यसैबीच सप्तरीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका तीन जनाको ज्यान गएकाे छ । छिन्नमस्ता अस्पताल राजविराजमा उपचारकाे क्रममा दुई जनाको र एक जनाको उपचारका लागि धरान लाँदै गर्दा बाटोमै ज्यान गएकाे जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताउनुभयो । उनीहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि पठाइएको प्रशासकीय अधिकृत ठाकुरले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया