युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले पछिल्लो समय कोरोना सङ्क्रमणको कारण हुने मृत्युदर बढ्न थालेको र सङ्क्रमितमा गम्भीर लक्षण देखिन थालेको जनाएको छ । अहिले नेपालमा कोरोनाका कारण हुने मृत्युदर शून्य दशमलव ३ प्रतिशत रहेको तर यो बढ्ने क्रममा भएकाले चिन्तित बनाएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण अहिलेसम्म ७० जनाको मृत्य भइसकेको छ । ६६ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) मा छन् भने तीन जना भेन्टिलेटरमा रहेका छन् ।
सङ्क्रमणको पहिलो चरणमा विदेशबाट आउनेहरुमा सङ्क्रमण देखिएकोमा अहिले लकडाउनको पालना नगरेका कारण स्थानीय व्यक्तिमा समेत सङ्क्रमण देखिन थालेको मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारले पछिल्लो समय धेरै सङ्क्रमितमा गम्भीर लक्षण देखिन थालेकोले उपचारको लागि आईसीयू बेड र भेन्टिलेटरको अभाव हुन सक्ने भएकाले निकै सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ जस्ता घनाबस्ती भएका ठाउँमा कोरोना फैलिँदा अस्पताल र बेडको अभाव हुन सक्ने भएकाले कोरोनाबाट बच्न नागरिकलाई आग्रह गर्नुभयो ।
अहिले देशभर २६ सय आईसीयू र नौ सय भेन्टिलेटर रहेका छन् । कोरोनाको उपचारको लागि दुई सय ५० आईसीयू बेड र भेन्टिलेटर थपिएको उहाँले जानकारी दिनुभयो । दुई सय बेड थप्न प्रक्रिया अघि बढाइएको छ ।
गम्भीर बिरामीको उपचारको लागि आईसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका सङ्क्रमित घरकै आइसोलेसनमा बस्न सक्ने मन्त्रालयले जनाएको छ ।
हब अस्पताल र अन्य गरेर ३६ वटा अस्पतालमा कोरोनाका सङ्क्रमितको उपचार भइरहेको र एक सय २५ वटा कोभिड क्लिनिक बनाइएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।