युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषले गरेको एक कार्यक्रममा मन्त्री भट्टराईले आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताउनुभएको हो । उहाँले आर्थिक लेनदेनलाई प्रसय दिएकै कारण पशुपति क्षेत्रभित्र बाटो–बाटोमा पसल राख्ने, पार्किङ जथाभाबी गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रसय दिनेलाई कारबाही गर्ने बताउनुभएको हो ।
उहाँले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेल गरी नर्क जाने काम नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँभित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथीहरुलाई पनि भन्न चाहन्छु । कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रसय दिने काम तपाईँहरुबाट भएछ भने तपाईँहरुमाथि पनि म कारबाही गर्छु । मैले प्रस्ट ढङ्गले भनेको छु । किन भने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो । धर्म गर्न आउने हो । त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेल भए भने त्यो नर्कको बाटो हुन्छ । यो स्वर्ग जाने बाटो हो । पशुपति भनेको ।’
उहाँले पशुपति क्षेत्रभित्र बाटोमा पसल राख्ने, तीर्थालुलाई हिँड्न अप्ठ्याराे बनाउने, जथाभाबी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिँडेको र त्यस्ता कदम सरकारलाई स्वीकार्य नहुने प्रस्ट पार्नुभयो ।
पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही मानिस र राजनीतिक व्यक्तिलगायतले विरोध गरिरहेको उहाँले बताउनुभयो । पशुपति कुनै धर्म सम्प्रदाय र कुनै समुदायको मात्र नभएको भन्दै उहाँले पहिलो अधिकार नेपाल राष्ट्रको भएको र त्यसपछिको अधिकार पशुपतिमाथि आस्था विश्वास राख्ने विश्वभरका करोडौँ मानिसहरुको भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।