सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - आन्तरिक उडान खुलेसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा र चितवन परेका छन् ।
आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ । ५६ जना यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ । यति एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ । यतिले आज पोखरासहित भरतपुर र विराटनगर उडान गर्नेछ । ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ ।
आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहल-पहल बढेको छ । लकडाउन र निषेधाज्ञाको अवस्थामा सीमित सङ्ख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा सुरु भएपछि सर्वसाधारणलाई गन्तव्य पुग्न सहज हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले सबै वायुसेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल अपनाएर सुरक्षित हवाई यात्राको प्रक्रिया पूरा गरेका बताउनुभयो । अहिले दैनिक ५० वटासम्म मात्रै उडान सञ्चालन गर्न सकिने महाप्रबन्धक केसीले बताउनुभयो । सामान्य अवस्थामा आन्तरिकतर्फ जहाजको आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको थियो ।
आन्तरिक उडानमा १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी ५० वटा उडानलाई अनुमति दिएको छ । सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन ।
तर तारा एयरले नेपालगञ्ज उडान भर्नेछ । आज उडान अनुमति पाएका विमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लुलगायतका ठाउँहरुमा उडान भर्ने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।