आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

 असोज ६, २०७७ मंगलबार १४:२०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हिम चितुवा उपनामले चिनिएका पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

अतिरिक्त अक्सिजन विना १० पटक सगरमाथाको शिखरमा पुगेका शेर्पाको साेमबार काठमाण्डौको जोरपाटीमा निधन भएको थियो । अन्तिम सम्मान व्यक्त गर्न आङरिताको शवलाई दुई दिन बौद्धको टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र बुधबार दाहसंस्कार गरिने नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिनुभयो ।

सन् १९८३ देखि १९९६ को बीचमा अतिरिक्त अक्सिजन विना सगरमाथाको सफल आरोहण गरेका शेर्पा आफ्नो समयमा सबैभन्दा चर्चित आरोहीको रुपमा चिनिनुहुन्थ्यो । दुई दशकअघि कलेजोसम्बन्धी रोगबाट पीडित भएपछि पर्वतारोहण त्यागेका उहाँलाई चार वर्ष अघि मस्तिष्कसम्बन्धी समस्या देखा परेको थियो ।

कीर्तिमानी पर्वतारोही भए पनि उपचारका लागि सरकारले सहयोग नगरेको उहाँको परिवारले गुनासो गर्दै आएको थियो । शेर्पा सन् १९४८ मा सोलुखुम्बुको यीलाजुङ गाउँको सामान्य परिवारमा जन्मनुभएको थियो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया