लिलामी प्रक्रिया सहज बनाउने दुई अमेरिकीलाई अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार

 असोज २६, २०७७ सोमबार १७:१४:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री पउल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिइने भएको छ । 

नोबेल पुरस्कार समितिले सोमबार यस वर्षको छैटौँ र अन्तिम पुरस्कार विजेताहरुको घोषणा गरेको हो । मिलग्रोम र विल्सनलाई यो पुरस्कार अक्शन थ्योरी (लिलामी) ‍मा सुधार र अक्शनको नयाँ तरिका अविष्कार गरेको भन्दै यो पुरस्कार दिइने भएको हो ।

पउल आर मिलग्रोम र रोबर्ट बी विल्सन दुवै जना अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । यिनीहरुले अक्शनको प्रक्रियाले कसरी काम गर्छ भनेर अध्ययन गरेका थिए ।

यिनीहरुले यस्ता वस्तु र सेवाको लागि (जस्तै रेडियो फ्रिक्वेन्सी) नयाँ अक्शन प्रक्रिया तयार गरे, जसलाई पारम्परिक तरिकाबाट बेच्न मुश्किल छ । यी दुईको खोजले विश्वभरका बिक्रेता, खरिदकर्ता र करदाताहरुलाई सहज भएको छ । 

लिलामी प्रक्रियामा बढी मोल तिर्न इच्छुकलाई सामान बिक्री गरिन्छ भने कम मोल तोक्नेबाट सामान किन्ने गर्छन् ।

यससँगै यस वर्षको सबै विधाका लागि नोबेल पुरस्कार घोषणा भएको छ ।

 यस वर्ष नाेबेल पुरस्कार पाउनेहरु–

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया