शेयर बजार आठ अङ्कले बढ्यो, सात अर्ब ६४ करोड रुपैयाँको कारोबार

 माघ २८, २०७७ बुधबार १६:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से बुधवार आठ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आठ दशमलव ६६ अङ्कले बढेर २५ सय ४३ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

बुधवार बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, होटल समूहको ४४ अङ्कले, फाइनान्सको ३८ र निर्जीवन बीमा समूहको शेयर ६२ अङ्कले बढेको छ । व्यापार, जलविद्युत्, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा समूहको शेयर भने घटेको छ । 

बुधवार एक सय ९१ कम्पनीका एक करोड ४९ लाख कित्ता शेयर सात अर्ब ६४ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकको ५२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । 

बुधवार गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि साधना लघुवित्तका शेयरधनीले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया