प्रदेश २ का आठ जिल्लाकाे विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झाैता

 चैत ५, २०७७ बिहीबार २०:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेश नम्बर २ मा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि झण्डै चार अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय ठेक्कामा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच समूहमा विभाजन गरिएको छ । 

आयोजनामार्फत विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका सबस्टेशन निर्माण, नयाँ र उच्च भोल्टेजका प्रसारण लाइनको निर्माण तथा स्तरोन्नति गरिनेछ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंकमार्फत सञ्चालित हुनेछ । 

आयोजना सम्पन्न भएपछि अहिले सञ्चालित तथा आउँदा दिनमा खुल्ने उद्योग र घरायसी ग्राहकले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने आयोजनाका संयोजक बोधराज ढकालले बताउनुभयो ।  

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया