वसन्त ऋतुमा सगरमाथा चढ्न पहिलो समूहलाई अनुमति प्रदान

 चैत १३, २०७७ शुक्रबार १५:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आउँदो वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो समूहले अनुमति लिएको छ । सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोलीले सगरमाथा आरोहणका लागि अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको टोली सगरमाथा आरोहणका लागि गएको चैत २ गते नेपाल आएकाे थियो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ । 

उनीहरूले क्वरेण्टीनको मापदण्ड पूरा गरी प्रक्रिया सुरु गरेर शुक्रवार अनुमति लिएका टोलीको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।

योसहित आउँदो वसन्तयाममा सगरमाथासहित नेपालका हिमाल आरोहण अनुमति लिनेको सङ्ख्या ६१ पुगेको छ । यसअघि अन्नपूर्ण हिमालका लागि ४० जना, नुप्त्से हिमालका लागि चार जना र मनास्लु हिमाल आरोहणका लागि एक जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया