सुदूरपश्चिमका १० प्रदेश सांसदले एमाले छाडेर एकीकृत समाजवादी दल रोजे

 भदौ १५, २०७८ मंगलबार १७:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् ।

१० जनाले आज मङ्गलवार निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा गएर सनाखत गरेको र तीन जनाले आजको कार्यालय समय सकिएका कारण सनाखत गर्न नपाएका प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले उज्यालोलाई जानकारी दिनुभयो ।

तीन जना कञ्चनपुरबाट आउने क्रममा साढे चार बजिसकेकाले उनीहरूले भोलि सनाखत गर्ने कामीले बताउनुभयो ।

सुदूरपश्चिममा एमालेका सभामुखबाहेक २४ जना सांसद रहेकामा १३ जना एकीकृत समाजवादीमा प्रवेश गरेपछि माधव नेपाल पक्ष बहुमतमा पुग्नेभएको छ ।  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया