कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित

 भदौ २०, २०७८ आइतबार ७:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन ।

निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ ।  यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो ।

गर्भवतीलाई कहिले र गर्भ बसेको कति औँ महिनामा खोप दिने भन्नेबारे छिट्टै निर्णय हुने उहाँले बताउनुभयो । खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीका अनुसार ३५ वर्षभन्दा माथिका गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, मोटोपन छ भने जोन्सन एण्ड जोन्सन खोप दिन सिफारिस गरिएको छ ।

उहाँले खोप लगाउने मिति तोेकिए पछि विना कुनै हिचकिचाहट खोप लगाउन आग्रह गर्नु भएको छ । यसैबीच, स्वास्थ्य मन्त्रालयले आउँदो पुस, माघसम्ममा १२ देखि १८ वर्षका उमेर समूहकालाई पनि कोरोना विरुद्धको खोप दिने तयारी गरेको छ ।

अहिलेसम्म जोखिममा रहेका समूहलाई खोप दिइएको र अब १२ देखि १८ वर्षका उमेर समूहमा खोप दिने तयारी भएको मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयले नेपालमा बस्ने जुनसुकै देशका नागरिकले पनि खोप पाउने स्पष्ट पारेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया