सरकारकाे सय दिन संविधानकाे रक्षा र नागरिककाे जीवन रक्षा गर्नमै केन्द्रित : गृह मन्त्री खाण

 कात्तिक ३, २०७८ बुधबार १८:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र नागरिककाे जीवन रक्षा गर्नमा केन्द्रित भएको बताउनुभएको छ । 

आज बुधवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाणले विगतको सरकारले राज्य कब्जाको शैली गरेको र संविधानकाे प्रतिकूलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र नागरिककाे जीवन रक्षामा केन्द्रित भएको बताउनुभएको हो ।

सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको उहाँले बताउनुभयो ।

मन्त्री खाणले भन्नुभयो, ‘संविधानको रक्षा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र राज्यलाई एकदलीय कब्जाबाट मुक्त गराएर पुनः सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र नागरिककाे जनादेशलाई अगाडि बढाउने क्रममा सरकार अगाडि बढेको छ । हिजोआज प्राकृतिक विपद्काे पनि हामीले सामना गर्नुपरेकाे छ । नागरिकलाई सुरक्षा दिने, राहत दिने, जीवन रक्षाका लागि सरकार प्रतिबद्धतापूर्वक अगाडि बढ्दछ र संविधानको पालना पनि हामी गर्छौँ । संविधानको रक्षा पनि गर्छौँ । सय दिनमा हामीले संविधानको रक्षा गर्ने, नागरिककाे जीवनको रक्षा गर्नमै हामीले आफूलाई केन्द्रिकृत गरेका छौँ ।’

गृह मन्त्री खाणले देशका विभिन्न ठाउँमा भएका डुबानका कारण किसानको धानबालीमा क्षति भएको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई राहत र सहयोग रकम उपलब्ध गराउने पनि बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया