आईपीएल अक्शनमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारु

 माघ १८, २०७८ मंगलबार १६:२२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्शनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्शनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका हुन् ।

अक्शनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६४ लाख नेपाली रुपैयाँ रहेको छ । उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । गएको वर्ष अक्शनमा सन्दीपले ४० लाख भारु नै राखे पनि कुनै क्बलले उनलाई लिएका थिएनन् ।

यसअघि सन् २०१८ मा सन्दीपलाई तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो ।

मेगा अक्शनका लागि नेपालबाट सन्दीपसहित आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण, केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया