केही सांसदका विराेधका बाबजुद एमसीसी सम्झौता संसदमा पेस

 फागुन ८, २०७८ आइतबार १४:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो ।

सम्झौता टेबल भैरहँदा एमाले सांसद भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेले आजको बैठकमा पनि नाराबाजी गरेको छ । यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो । योसँगै एमसीसीबारे दलहरुबीचको मतभेद औपचारिक रुपमै संसदमा प्रवेश भएको छ ।

यसअघि २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । त्यतिबेला सत्तारुढ दल नेकपाभित्रै विवादका कारण अनुमोदन प्रक्रिया अघि बढ्न सकेको थिएन । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया