पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की – गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ ।
सई महताेलाई ३८ हजार रुपैयाँ घुस रकमसहित हिजाे मङ्गलवार बेलुकी पक्राउ गरिएकाे आयोगकाे पोखराका प्रवक्ता देवप्रसाद थपलियाले जानकारी दिनुभयाे ।
महताेले लेनदेन मुद्दा मिलाइ दिने भनी सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयाेगकाे टोलीले रकमसहित महताेलाई बाग्लुङ नगरपालिका २ काे विपद् व्यवस्थापन गुल्म नजिकैबाट पक्राउ गरेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।