पोखरामा धमाधम राजीनामा दिँदै जनप्रतिनिधि

 वैशाख १०, २०७९ शनिबार १०:४८:२३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पालिका चुनावमा उम्मेदवारी दिनका लागि कास्कीका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि कास्कीमा अहिलेसम्म ५० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा बुझाएका छन् ।

पोखरा महानगरपालिकामा ३ वडाध्यक्षसहित १५ जना, माछापुच्छ्रे गाउँपालिकामा ३ वडाध्यक्षसहित ४ जना, रुपा गाउँपालिकामा ३ वडाध्यक्षसहित १५ जना र मादीमा १६ जनाले राजीनामा दिएका हुन् । अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म राजीनामा आएको छैन ।

पोखरा महानगरपालिकामा वडा नम्बर ८ का रुद्रनाथ बराल, २७ का पूर्णबहादुर गुरुङ र ३३ का शिव आचार्यले राजीनामा दिएर दोहोरिने सम्भावना देखाएका छन् । वडा नम्बर ३० की सदस्य रमा नेपाली, वडा नम्बर २७ की सरस्वती सार्की, १२ नम्बर वडाकी विष्णुमाया विक र देशभक्त केसीले राजीनामा बुझाएका छन् । यस्तै, वडा नम्बर ७ का दीनबन्धु पौडेल, वडा नम्बर १७ की सदस्य राधिका कुमारी शाही र तारा परियार, ३२ को विष्णु तिवारी लगायतले राजीनामा दिइसकेका छन् ।

रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १५ जनाले राजीनामा दिँदै छन् । गाउँपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङले पनि राजीनामा दिने तयारी गरेका छन् । उनीहरु दुवैजनाले राजीनामा दिने भएकाले कसलाई दिने भन्ने टुङ्गो लागेको छैन ।

रुपा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नारायण गुरुङ, वडा नम्बर २ की कार्यवाहक अध्यक्ष हिता रुपाखेती वडा नम्बर ७ का अध्यक्ष दयासागर सुवेदीले पदबाट राजीनामा दिएका छन्। दयासागर कांग्रेसबाट निर्वाचित हुनुभएकाे हाे भने अरु सबै एमालेबाट निर्वाचित भएका हुन् । सबैभन्दा बढी रुपामा जनप्रतिनिधिहरु दोहोरिने देखिएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङ र वडा नम्बर ८ का अध्यक्ष कृष्ण दवाडीले राजीनामा बुझाएका छन्। मादी गाउँपालिकामा वडा नम्बर २ का अध्यक्ष एकजङ्ग गुरुङसहित सबै वडा सदस्यहरुले राजीनामा दिएका छन् ।
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया