धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
कास्की - नेकपा एमालेले पोखराको मेयर पदकाे उम्मेदवार फेरबदल गरेको छ । एमाले सचिवालय बैठकले यसअघि दीपक पौडेललाई मेयर टुङ्गो लगाएकोमा त्यसको दुई दिनपछि कृष्ण थापालाई उम्मेदवार बनाएकाे हाे ।
गण्डकी प्रदेश सांसद समेत रहेका कृष्ण थापा तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर हुनुहुन्थ्याे । मेयरका उम्मेदवार पौडेलले पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि पार्टी पङ्क्तिबाटै विरोध सुरु भएको थियो । यस्तै उपमेयरकाे पदमा दोहोरिएकी मञ्जुदेवी गुरुङले पार्टीको निर्णयप्रति आपत्ति जनाउँदै आउनुभएकाे थियाे ।
उहाँले आइतवार सामाजिक सञ्जालमार्फत आफू उपमेयर नदोहोरिने घोषणा गर्नुभएकाे थियाे । तर कृष्ण थापा मेयर र मञ्जुदेवी उपमेयर टुङ्ग्याएपछि आज दिउँसाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुवै उम्मेदवारी दिन जाने तयारीमा रहेका एमाले कास्कीले जनाएको छ ।
यसैबीच, आफ्नो चरित्र हत्या गरिएको भन्दै दीपक पौडेलले आपत्ति जनाउनु भएकाे छ। उहाँले राजनीतिक जीवनकै अवमूल्यङ्न गरिएको भन्दै कानुनी उपचार खोज्ने बताउनु भएकाे छ ।
ढिलै भए पनि मेयरको टिकट दिइएकोमा कृष्ण थापाले भने खुसी व्यक्त गर्नुभएकाे छ । 'पार्टीले मलाई नै टिकट दिने निर्णय गरेको छ । ढिलै भए पनि निर्णय सच्यायाे ' उहाँले भन्नुभयाे।
सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले उम्मेदवारी दिँदै हुनुहुन्छ । तर उपमेयरमा अझै पनि नाम टुङ्गिएको छैन ।
नेपाली कांग्रेस कास्कीले पोखराको मेयर आफूले पाउनुपर्ने दाबी गरिरहँदा सत्तागठबन्धनका शीर्ष नेताले नै समाजवादीलाई मेयर दिएपछि कांग्रेस कास्की रुष्ट छ । हिजाे बेलुका मात्रै निर्णय गरेर पोखराको हकमा केन्द्रकै निर्णय माने पनि कास्कीका अन्य ४ पालिकामा ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने भन्दै गठबन्धन नगर्ने सार्वजनिक गरिसकेको छ ।
मनोनयनको दोस्रो तथा अन्तिम दिन आज दलहरु जसरी पनि नाम टुङ्ग्याउने कसरतमा छन् । पोखराको मेयरमा पहिलो दिन आज ११ र उपमेयरमा ४ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा साना दल तथा स्वतन्त्रका हुन् ।
पोखरा महानगरपालिका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।