इटहरीका वडाहरुमा एमालेको वर्चश्व, मेयरमा भने पछाडि
जेठ ७, २०७९ शनिबार
काठमाण्डाै - पालिका चुनावको मतदानका लागि गाउँघर पुगेकाहरु फर्कन थालेका छन् । भोट खसाल्न सहर बजारबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगेकाहरु मतदान सकिएपछि फर्कन थालेका हुन्। आज बिहानसम्म विभिन्न नाका हुँदै एक हजार चार सय ९३ वटा गाडी काठमाण्डौ भित्रिएका छन् ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यलयका अनुसार चार हजार ९० जना यात्रु उपत्यका भित्रिएका छन् । यस्तै काठमाण्डौको विभिन्न नाका हुँदै एक हजार दुई सय ८६ वटा गाडीमा तीन हजार तीन सय ५५ जना यात्रु उपत्यका बाहिर गएको डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, इलामलगायतका जिल्लाबाट आउनेको सङ्ख्या धेरै रहेका छन् ।
पालिका चुनावका लागि हिजो बिहान ६ बजेदेखि ठप्प रहेका गाडी बेलुकी सात बजेपछि चल्न थालेको थियो । यसैबीच काठमाण्डौको सभागृहमा मतगणना हुने भएकाले पद्मोदय मोडबाट सभागृह जाने गाडीलाई शङ्करदेव, पुतली सडक र भद्रकालीबाट डाइभर्सन गरिएको छ ।